एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १, शुक्रबार  
एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौँ , गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै अध्यक्ष पदमा वियजी हाँसिल गरेका हुन् ।

नेकपा निकटबाट एनआरएनएको अध्यक्षमा प्रतिस्पर्धा गरेका पन्तले निकै ठूलो मतपरिणामको साथ विजयी प्राप्त गरेका छन् । यद्यपी औपचारीक घोषणा हुने भने बाँकी रहेको छ ।

त्यस्तै एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् । 

बुधबार हुने भनिएको चुनाव प्राविधिक समस्याको कारण रोकिएपछि बिहीबार बिहान १० बजेबाट मतदान सुरु भएको थियो भने बिहीबार राती नै ११ बजेबाट मतगणना सुरु भएको थियो ।

दुई वर्षे नेतृत्वको लागि भएको निर्वाचनमा  दुई हजार ५ सय ७० मतदाता रहेका थिए । जसमा २ हजार ३ सय ४० मत खसेको थियो । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर