लोकसेवा आयोगद्धारा ६ सय सहसचिव र उपसचिव माग

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ३०, बिहीबार  
लोकसेवा आयोगद्धारा ६ सय सहसचिव र उपसचिव माग

काठमाडौँ , लोकसेवा आयोगले ठूलो सख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाएको छ । दुई वर्षदेखि आयोगले यी पदमा विज्ञापन नखुलाएको भएपनि यो वर्ष ६ सय पदको लागि विज्ञापन खुलाएको हो ।

आयोगले बढुवा र प्रतियोगिता गरी दुई प्रणालीबाट विज्ञापन खुलाएको  छ । बढुवामा पनि दुई प्रणाली अपनाइएका छन्। जसमा कार्यसम्पादन मूल्यांकन र अनुभव तथा कार्यसम्पादन तथा अनुभवलाई आधार बनाइएको छ।प्रतियोगितामा पनि दुई प्रणाली नै अपनाइएको छ । जसमा आन्तरिक र खुला प्रतियोगितालाई आधार बनाइएको छ ।

खुला प्रतियोगितमा सहसचिवमा ४१ र उपसचिवमा २२ पदमा विज्ञपान माग गरेको छ। निजामती सेवाबाहिर रहेकाले खुला प्रतियोगितामा ती पदमा आवेदन दिन चाहे उपसचिव पदमा संगठित संस्थामा कम्तीमा पाँच वर्ष अधिकृत तहमा काम गरेको अनुभव र सहसचिव पदमा कम्तीमा सात वर्ष अधिकृत तहमा काम गरेको अनुभव हुनुपर्ने व्यवस्था राखिएको आयोगले जनाएको छ।

निजामति सेवाबाहिर रहेका व्यक्तिले सहसचिव र उपसचिवमा आवेदन दिन चाहेमा उमेरको हद ४५ वर्ष ननाघेको हुनुपर्नेछ । आयागले कात्तिकको अन्तिम बुधबार ठूलो संख्यामा अधिकृत तहमा विज्ञापन निकाल्ने तयारी गरेको छ।

यसैगरी मंसिरको अन्तिम बुधबार नायब सुब्बा र खरिदार तहमा विज्ञापन खुलाउनेछ। स्थानीय तहका लागि सुरु गरिएको कर्मचारी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेका बेला लोकसेवा आयोगले संघका लागि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। रिक्त रहेका करिब ५ हजार दरबन्दीमा नर्या भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। यसअघि नै उपसचिव र सहसचिव पदका लागि आयोगमा विवरण पठाएको हो।

मन्त्रालयका अनुसार संघका लागि करिब पाँच हजार रिक्त पद छन्। समायोजन प्रक्रिया टुंगिएपछि आयोगले नयाँ भर्ना प्रक्रिया सुरु गरेको हो।नयाँ कानुनमा सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धामा कस्तो व्यवस्था राख्ने भन्नेबारे राज्य व्यवस्था समितिमा बहस र छलफल भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर