नेकपालाई कम्युनिष्ट जस्तो बनाउन एक पटक आन्दोलन गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ३०, बिहीबार  
नेकपालाई कम्युनिष्ट जस्तो बनाउन एक पटक आन्दोलन गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई कम्युनिष्ट जस्तो बनाउन एक पटक फेरि आन्दोलन गर्नुपर्ने बताएका छन् ।

उनले समाजवादको उदेश्य प्राप्त गर्नको लागि आन्दोलनले सशक्त्त भूमिका खेल्ने भएकाले आन्दोलनको जरुरी रहेको बताए । बिहीबार गृहजिल्ला चितवनमा आयोजित चियापान कार्यक्रममा उनले भने बाँकी जीवनलाई समाजवादको निम्ति अगाडी बढाउन गरिने आन्दोलनमा आफुलाई नेपाली जनताले साथ दिनेमा विश्वस्त रहेको छु ।

प्रतिक्रान्ति जित्नेमा विश्वस्त रहेको बताउँदै  उनले भने हामी अवश्य जित्छौँ । पार्टीका केही नेता तथा कार्यकर्तामा धुलोमैलो लागेको देखिकाले त्यसलाई हटाउन दह्रोसँग संकल्प गरेर लाग्नुपर्ने बताए । उनले भने, हामीलाई ग्यास्टिक, अल्सर त्यतिसम्म होला तर क्यान्सर नै भएको छैन् । बेलैमा उपचार गर्ने सक्नेमा हामी सक्षम छौँ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर