नक्कली प्रतिनिधिले मतदान गरेको भन्दै एनआरएनएको मतदान स्थलमा तनाव

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ३०, बिहीबार  
नक्कली प्रतिनिधिले मतदान गरेको भन्दै एनआरएनएको मतदान स्थलमा तनाव

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको मतदान केन्द्रमा फेरि तनाव सिर्जना भएको छ । 

विवादको कारण रोकिएको निर्वाचन बिहीबार सुरु भएको केही समय नबित्दै नक्कली मतदाताले भोट गरेको आरोपमा कुल आचार्यको टिमले मतदान केन्द्रमा तनाव सिर्जना गरेका हुन् ।

एनआरएनएको चुनाव सुरु भएसँगै विभिन्न आरोप र बाहनामा विवाद निकाले आचार्य समूहले मतदान रद्द गर्न माग गर्दै नाराबाजी गरेका छन् । मतदानकै क्रममा बुधबार नाराबाजी हुनुको साथै मतदान स्थलमा राखिएको सामाग्री तोडफोड गरिएको थियो ।

विद्युतिय मेसिनबाट गरिने भनिएको मतदान मेसिनमा प्राविधिक समस्या आएपछि मतपत्र प्रयोग गरेर नै मतदान भइरहेको छ । ११ बजेबाट सुरु भएको मतदान विभिन्न प्रकारका विवादको कारण पनि चलिरहेको छ ।

एनआरएनमा  ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन् । सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५ सय प्रतिनिधि सहभागी रहेका छन् । 
 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर