विद्युत सर्ट भएर आगलागी हुँदा रामेछापको भटौलीमा पाँच वर्षिय बालकको मृत्यु

लाल्टिन खबर ,
प्रकाशित: २०७७ मङ्सिर ६, शनिबार  
  विद्युत सर्ट भएर आगलागी हुँदा रामेछापको भटौलीमा पाँच वर्षिय बालकको मृत्यु

काठमाडौँ रामेछापको मन्थली नगरपालिका ७ भटौलीमा विद्युत सर्ट भएर आगलागी हुँदा ५ वर्षिय बालकको मृत्यु भएको छ ।

घरभित्रै खेलिरहेका रम्तेलको विद्युत सर्ट भइ शनिबार दिउँसो लागलागी हुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आगलागीमा परी अन्नपात र लताकपडा समेत जलेर नष्ट भएको छ ।

घटनामा परी ज्यान गुमाउनेको परिवारलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शनिबार नै राहत स्वरुप २ लाख नगद र रेडक्रसबाट उपलब्ध गराइएको १ सेट फेमिली किट, त्रिपाल, मण्डी, १ सरो लत्ता कपडा तथा भाँडा वर्तन उपलब्ध  गराएकी छन् । 


 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार