आजको मौसम : काठमाडौँको तामक्रम बढ्यो, गण्डकी प्रदेश र एक नम्बर प्रदेशमा हल्का पानी पर्ने सम्भावना

लाल्टिन खबर ,
प्रकाशित: २०७७ मङ्सिर ६, शनिबार  
   आजको मौसम  : काठमाडौँको तामक्रम बढ्यो,  गण्डकी प्रदेश र एक नम्बर प्रदेशमा हल्का पानी पर्ने सम्भावना

काठमाडौँ । उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ ।

बाँकी प्रदेशका पहाडी क्षेत्रमा भने आंशिकदेखि सामान्य बद्ली रहेको छ । आज गण्डकी प्रदेश र एक नम्बर प्रदेशमा हल्का पानी पर्ने मौसमविद् अर्यालले बताए । स्थानीय वायुको प्रभावका कारण यी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान गरिएको उनले जानकारी दिइन् ।

काठमाडौँ उपत्यकाको मौसम अहिले बद्ली भए पनि बिस्तारै खुल्दै जाने अनुमान गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम हिजो अस्तिको भन्दा बढेको छ । ५ डिग्री सेल्सियससम्म झरेको काठमाण्डौको न्यूनतम तापक्रम आज भने ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

रातको समयमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको मौसमविद् अर्यालले बताए । आज दिउँसो काठमाडौँका अधिकतम तापक्रम २० देखि २२ डिग्रीसम्म पुग्ने पूर्वानुमान छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार