नेकपा सचिवालय बैठक सकियो, केके भयो निर्णय ?

लाल्टिन खबर ,
प्रकाशित: २०७७ मङ्सिर ३, बुधबार  
 नेकपा सचिवालय बैठक सकियो, केके  भयो निर्णय ?

काठमाडौँ । नेकपाको सचिवालय बैठक तोकिएकै समय र स्थानमा बसेर सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब दुई घण्टा बसेर स्थगित भएको हो।

अब सचिवालयको अर्को बैठक १० दिनपछि बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । त्यसैगरी मंसिर १८ गते स्थायी कमिटी र २५ गते पार्टी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली पनि सहभागी थिए। सचिवालयका बहुमत सदस्यहरु बैठक गर्नुपर्नेमा प्रतिबद्ध देखिएपछि ओली आफ्नो अडानबाट पछि हट्दै बैठकमा सहभागी भएका थिए।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत असन्तुष्ट समूहले ओलीसहित अन्य केही सदस्यहरुको असहमतीबीच बुधबार दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको थियो।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार