प्रधानमन्त्रीले सारे बैठकको समय, मन्त्रीपरिषद्को बैठक दिउँसो २ बजे बस्ने

लाल्टिन खबर ,
प्रकाशित: २०७७ मङ्सिर ३, बुधबार  
प्रधानमन्त्रीले सारे बैठकको समय, मन्त्रीपरिषद्को बैठक दिउँसो २ बजे बस्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजेका लागि बोलाएको मन्त्रिपरिषद बैठक एक घण्टा पछि सारेका छन् ।

पार्टी भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष समेत रहेका ओलीले सचिवालय बैठकको समयसँग जुधाएर मन्त्रिपरिषदको बैठक बोलाएका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले तोकिएकै समय दिउँसो १ बजे बालुवाटारमै सचिवालय बैठक गर्ने बताएपछि ओलीले मन्त्री परिषद बैठक दिउँसो २ बजेका लागि सारेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार