गण्डकी विश्वविद्यालयको बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा डा . देवकोटा निर्वाचित

लाल्टिन खबर ,
प्रकाशित: २०७७ मङ्सिर २, मङ्गलबार  
गण्डकी विश्वविद्यालयको बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा डा . देवकोटा निर्वाचित

काठमाडौँ । गण्डकी प्रदेश सरकारको अग्रसरतामा स्थापित भएको गण्डकी विश्वविद्यालयको बोर्ड अफ ट्रस्टिजको नयाँ अध्यक्षमा डा. दिनेशचन्द्र देवकोटालाई निर्वाचित भएका छन् ।

बोर्ड अफ ट्रस्टिजको अध्यक्ष निर्वाचित भएका डा.देवकोटा सन २००८ देखि सन २०११ सम्म राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन ।

हाल त्रिभुवन विश्वविद्यालयका भिजिटिङ प्रोफेसर रहेका देवकोटा अमेरिकाबाट स्नातकोत्तर र जापानबाट बिद्याबारधी हासिल गरेका व्यक्ति हुन् ।

डा.देवकोटा अध्यक्षमा निर्वाचित भए पश्चात अब गण्डकी विश्वविद्यालयको बोर्डमा सदस्य सचिव प्राध्यापक गणेशमान गुरुङ उपकुलपति र सदस्यहरूमा  डा. जगदिशचन्द्र पोखरेल, डा.मिनबहादुर श्रेष्ठ, डा. तिर्थ थापा, प्रो.डा. जित जोशी, डा. सुमित्रा मानन्धर गुरुङ, डा. प्रतिभा पाण्डे, डा. पूर्ण अधिकारी, प्राध्यापक राममनोहर श्रेष्ठ, डा. रामप्रसाद घिमिरे, उद्यमी चन्द्र ढकाल, उद्यमी कृष्ण आचार्य , तथा मिडिया उद्यमी निर्मल गुरुङ सदस्य रहेका छन् ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार