पर्यटन प्रवद्र्धनमा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण महत्वपूर्ण छ : मन्त्री भट्टराईको 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज २८, मङ्गलबार  
पर्यटन प्रवद्र्धनमा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण महत्वपूर्ण छ : मन्त्री भट्टराईको 

काठमाडौँ ।  चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले पर्यटन प्रवद्र्धनको लागि निकै महत्वपूर्ण रहने संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले बताएका छन् ।

सरकारले घोषणा गरेको २०२० भ्रमण वर्ष सफल बनाउन चिनियाँ राष्ट्रपति सीले नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा दिएको हरेक  ‘स्टेटमेन्ट’ले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने मन्त्री भट्टराईले विश्वास व्यक्त गरे । सीको नेपाल भ्रमणले चिनियाँ बुद्धिष्टहरुलाई लुम्विनीको भ्रमण  गर्न अभिप्ररित गर्ने अपेक्षा समेत गरेका छन् ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको ‘दोस्रो चीन–दक्षिण एशीया सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै उनले चीन र दक्षिण एशीयाका विद्धान साहित्यकारहरुको उपस्थितिले पनि ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई माथि उठाउन महत्वपूर्ण सहयोग पुर्याउने पनि बताए।

सांस्कृतिक धरोहरुको रुपमा रहेको नेपालमा भूकम्पले ध्वस्त बनाएका सबै सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको कामले तीव्रता पाएको उल्लेख गर्दै दुई वर्ष भित्रै पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने मन्त्री भट्टराईले  प्रतिवद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर