राजपुर बमकाण्डका आरोपी आलमलाई  थप ७ दिन थुनामा राख्न अदालतको आदेश

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज २८, मङ्गलबार  
राजपुर बमकाण्डका आरोपी आलमलाई  थप ७ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौँ । हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताफ आलमलाई थप अनुसन्धानको लागि ७ दिन म्याद थप गरेको छ ।

राजपुर बमकाण्डका आरोपी आलमलाई  अनुसन्धान गर्नको लागि ७ दिन थप थुनामा राख्न अदातले आदेश दिएको हो । जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङ्गको  इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानको गर्नको लागि प्रहरीलाई म्याद प्रदान गरेको छ ।

म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय रौतहट पुर्याइएको छ । आलमलाई  २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा असोज २६ गते प्रहरीले पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर