यौन द्रुव्यवहारको आरोप लागेका महरालाई आज अदालत लगिने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज २८, मङ्गलबार  
यौन द्रुव्यवहारको आरोप लागेका महरालाई आज अदालत लगिने

काठमाडौँ ।  यौन द्रुव्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार अदालतमा उपस्थित गराउने तयारी भएको छ ।

महरालाई थुनामा राखेर  अनुसन्धान गर्नको लागि म्याद थप्न महरालाई अदालत हाजिर गराउन लागिएको हो ।

दशै विदा र विभिन्न सार्वजनिक बिदाको कारण अदालतमा उपस्थित गराउन नसकिएपछि आज म्याद थप गर्न काठमाडौँ जिल्ला अदालतमा महरालाई उपस्थित गराउने प्रहरीको तयारी रहेको छ ।

महरालाई उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारको क्रममा रहेका छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर