प्रहरी हवल्दारविरुद्ध चार लाखको भ्रष्टाचार मुद्दा

लाल्टिन खबर ,
प्रकाशित: २०७७ कात्तिक २५, मङ्गलबार  
प्रहरी हवल्दारविरुद्ध चार लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख घुस लिएको अभियोगमा प्रहरी हवल्दारविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगल मंगलबार इलाका प्रहरी कार्यालय वुटवलमा कार्यरत प्रहरी हवल्दार शिवचन्द्र साहानीविरुद्ध चारलाख बिगो दाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

जातीय विभेद सम्बन्धी मुद्दाको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई छुटाइ दिने आश्वासन दिएर उनले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा सियारी गाउँपालिका– ७ बाट रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार