चीनियाँ राष्ट्रपति सी को बिदाइसँगै उठाइयो सजाउन राखिएको फ्लेक्स र फुलसहितको गमला (तस्वीर सहित)  

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज २७, साेमबार  
चीनियाँ राष्ट्रपति सी को बिदाइसँगै उठाइयो सजाउन राखिएको फ्लेक्स र फुलसहितको गमला (तस्वीर सहित)  

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङको बिदाइ गरेसँगै सडकमा सजाउन राखिएको फूलसहितको गमला काठमाडौँ महानगरपालिकाले उठाउन थालेको छ ।

तीनकुने, माइतीघरमण्डला, सुन्धारा, नयाा बानेश्वार सुन्धारलगायतका विभिन्न स्थानमा सजाएर राखिएको फूलसहितको गमला माइतीघर मण्डलानजिकै रहेको कृषि विकास बैँकतिर भित्र्याइएको छ भने केही ठाउँमा महानगरपालिकाको गाडीले उठाएको थियो ।

निर्माणाधिन अवस्थामा रहेको बिजुली बजारस्थित पुलमा राखिएको फ्लेक्स पनि निकालिइसकेको छ ।शनिबार  नेपाल भ्रमणको लागि चीनका राष्ट्रपति सी नेपाल आउने भनेपछि रातारात सिंगारिएको

राजधानीका विभिन्न स्थानमा फुलसहितको गमला र फ्लेक्सहरु निकाएका छन् । शनिबार नेपाल भ्रमणमा आएका सी आइतार दिउँसो स्वदेश फिर्ता भएका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर