निर्माता तथा कलाकार निर्मल शर्मालाई कोरोना

लाल्टिन खबर ,
प्रकाशित: २०७७ कात्तिक २२, शनिबार  
निर्माता तथा कलाकार निर्मल शर्मालाई कोरोना

काठमाडौं । फिल्म निर्माता तथा कलाकार निर्मल शर्मालाई कोरोना संक्रमण भएको छ । आफ्नो पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी शर्माले फेसवुक मार्फत दिएका छन् । 

उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सर्तक रहन अनुरोध गरेका छन् । एकदिन सामान्य ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा आफुलाई कोरोना पुष्टि भएको बताउँदै शर्माले आफुलाई अरु लक्षण नदेखिएको उल्लेख गरेका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार