जापानमा आँधीबाट मृत्यु हुनेको सख्या ३१ पुग्यो, उद्दारको लागि १ लाख १० हजार उद्दारकर्ता खटिए

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज २७, साेमबार  
जापानमा आँधीबाट मृत्यु हुनेको सख्या ३१ पुग्यो, उद्दारको लागि १ लाख १० हजार उद्दारकर्ता खटिए

एजेन्सी । जापानको राजधानीलगायतका विभिन्न स्थानमा आएको आगिविसु नामक आँधीको कारण मृत्यु हुनेको सख्या ३१ पुगेको छ ।

उद्दारको लागि जापान सरकारले १ लाख १० हजार  उद्दारकर्ता खटाएको छ । आँधीपछि १७ हजार जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख गरिएको छ । शनिबार आएको आँधीको कारण टोकियोमा बढी क्षति भएको रआँधी उत्तरतर्फ अघि बढेको जापानका मौसमविद्‌हरुले बताएका छन्।

आँधीसँगै भएको वर्षाको कारण नदीको पानी बस्तीमा पसेकाले ठूलो धनजनको क्षति भएको हो । आँधीको कारण ३ लाख ७६ हजार घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ भने १४ हजार घरहरुमा खानेपानी अभाव भएको छ ।

भू - संरचना, यातायात तथा पर्यटन मन्त्रालयले दिएको जानकारी अनुसार आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको र २१ नदीमा बाँध फुटेका कारण ठूलो क्षति भएको छ।विज्ञहरुले अहिले आएको आँधी ५० वर्षयताकै शक्तिशाली भएको बताएका छन् ।

आँधीबाट धेरै क्षति नागानो राज्यमा परेको बताइएको छ ।  नागानो र छिमेकी राज्यका सहरहरूका बासिन्दालाई सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गरिएको छ । आँधीले विश्वकै प्रसिद्ध जापानी बुलेट ट्रेनमा समेत क्षति पुगेको छ। नागानो क्षेत्रमा चल्ने बुलेट रेलहरू समेत डुवानमा परेका छन् । 

जापानको मौसम विज्ञानसम्बन्धी निकायले टोकियो र प्रभावित १२ वटै राज्यमा भारी वर्षा हुने सम्भावना रहेकाले उक्त क्षत्रेका वासिन्दालाई सर्तक रहन अनुरोध गरिएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर