प्रतिपक्षले सत्तापक्षको विरोध गर्ने प्रवृत्ति नत्यागे मुलुकमा समृद्धि हाँसिल गर्न सकिदैन् : प्रवक्ता श्रेष्ठ 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १५, बुधबार  
प्रतिपक्षले सत्तापक्षको विरोध गर्ने प्रवृत्ति नत्यागे मुलुकमा समृद्धि हाँसिल गर्न सकिदैन् : प्रवक्ता श्रेष्ठ 

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी नेकपा  का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिपक्षले सत्तापक्षको विरोध गर्ने प्रवृत्ति नत्यागे सम्म मुलुकले समृद्धि हाँसिल गर्न नसक्ने बताएका छन् ।

हेटौंडामा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रवक्ता श्रेष्ठले विकास र एजेण्डामा सत्तापक्ष र प्रतिपक्ष एक भएर अघि बढ्ने मात्रै  मुलुकले विकासको फड्को मार्ने बताएका छन् ।

एकअर्कालाई दोष देखाएर विरोध गर्ने प्रवृत्ति त्यागेर समृद्धि मुलुक निर्माणमा अगाडी बढ्नुपर्ने श्रेष्ठले बताएका छन् ।

भाषण प्रशिक्षण र दस्तावेजबाट जनता सुखी हुन नसकेको भन्दै उनले जनताले प्रत्यक्ष रुपमा परिवर्तन हुन नसक्ने भएकाले जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गनुपर्ने बताएका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर