सभामुख महराको राजिनामा स्वीकृत

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १५, बुधबार  
सभामुख महराको राजिनामा स्वीकृत

काठमाडौँ । यौन दुराचार गरेको आरोप लागेका  प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले दिएको राजिनामा स्वीकृत भएको छ ।

सचिवालयका डा. भरतराज गौतमले एक सूचना जारी गर्दै सभामुख  महराले विभिन्न सञ्चारमाध्यममा आफ्नो चरित्रमाथि लगाएको विभिन्न आरोपको सत्य,तथ्य छानबिनका लागि नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरिएको छ ।

सभामुखको राजिनामापछि प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम २ बमोजिम सूचना जारी गरेको उल्लेख गरिएको छ । महराले आफुमाथि लागेको आरोपको सत्यतथ्य पत्ता लगाउन र निष्पक्ष छानबिनको लागि मंगलबार नै राजिनामा दिएका छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर