चिनियाँ राष्ट्रपति भ्रमण :  सुरक्षा अध्ययनको लागि  रेकी टोली नेपालमा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १५, बुधबार  
चिनियाँ राष्ट्रपति भ्रमण :  सुरक्षा अध्ययनको लागि  रेकी टोली नेपालमा

काठमाडौँ । चिनियाँ राष्ट्रपति सि चिनपिङ नेपाल भ्रमण गर्न आउनुअघि नेपालमा सुरक्षा जाँच गर्नको लागि चीनबाट आउने बोइङ ७४७ - ८०० विमान आज त्रिभुवन विमानस्थलमा अवतरण गर्ने भएको छ।

असोजको अन्तिमतिर नेपाल भ्रमणमा आउन लागेको चिनियाँ राष्ट्रपतिको सुरक्षाको लागि विमानस्थलको रनवे पाकिंङ लगायतको व्यवस्था अध्यन गर्नको लागि रेकी टिम नेपाल आउन लागेको हो ।

रेकी टिम आज दिउँसो नै नेपालको विमानस्थलमा अवतरण गरिसकेको छ । रेकी टोलीले विमानस्थलमा डेढ घण्टा निरिक्षणमा रहने बताइएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर