बौलाह कुकुरले टोकेर महोत्तरीमा एकै दिन ५० जना भन्दा बढी घाइते

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १५, बुधबार  
बौलाह कुकुरले टोकेर महोत्तरीमा एकै दिन ५० जना भन्दा बढी घाइते

काठमाडौँ । बौलाहा कुकुरले टोकेर महोत्तरीमा ५० जना भन्दा  बढी घाइते भएका छन् । जिल्लाको विभिन्न तीन वटा स्थानीय तहमा मंगलबार एकैदिन ५० भन्दा बढीलाई कुकुरले टोकेको हो ।

जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् ।

कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अस्पतालमा पठाइएको जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरले जानकारी दिएका छन् ।

एकैदिन ५० जनाभन्दा बढी व्यक्तिलाई टोकेर घाइते बनाएका बौलाहा कुकुरलाई गोली हानी मार्नका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट २० जना प्रहरीको टोली खटाइसकिएको प्रहरी उपरीक्षक अधिकारीले बताए।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर