दसैँको लागि पाँच दिनमा साटियो ८ अर्ब बराबरको नयाँ नोट

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १५, बुधबार  
दसैँको लागि पाँच दिनमा साटियो ८ अर्ब बराबरको नयाँ नोट

काठमाडौँ । दसैँको लागि ५ दिनमा ८ अर्ब बराबरको नयाँ नोट साटिएको छ ।

राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट बाँड्न सुरु गरेको थियो। यसरी साटिएका नयाँ नोटमा पाँच, दश, बीस, पचास र सय दरका नोट रहेका छन्। मंगलबार बेलुकासम्म ८ अर्ब  भन्दा बढी रकम साटिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला बताएकी छन् ।

राष्ट्र बैंकले केन्द्रीय कार्यालयको मुद्रा व्यवस्थापन विभाग बालुवाटार, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट नयाँ नोट सटही र वितरण गरिरहेको छ।

नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयबाट पनि नयाँ नोट सटही भइरहेको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर