५५ हजारको लागि डिभी  खुल्यो, अब डिभी भर्न पासपोर्ट पनि चाहिने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १५, बुधबार  
५५ हजारको लागि डिभी  खुल्यो, अब डिभी भर्न पासपोर्ट पनि चाहिने

काठमाडौँ । सन् २०२० को लागि डाइभर्सिटी भिसा डिभी को लागि आवेदन खुलेको छ । संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म अनलाईनमार्फत डीभीको लागि अनलाइनमार्फत आवदेन भर्न पाइनेछ ।

यो वर्ष डिभी मार्फत ५५ हजारको लागि भिसा उपलब्ध गराउने सूचनामा उल्लेख गरिएको छ । डिभी भरेबापत कुनै शुल्क लाग्ने छैन् । पछि आफुलाई डीभी  पर्यो परेन भनेर चेक गर्न कन्फर्मेसन नम्बर  सुरक्षित राख्नुपर्ने छ ।

डिभी परेर मात्रै अमेरिका जान नपाइने भएकाले अमेरिका जानको लागि आप्रवासी कानुन बमोेजिमको योग्य  भएपछि मात्रै दूतावासले निर्णय गरेर भिसा पठाउनेछ । आवेदन दर्ता गर्दा आवेदकको इमेल ठेगानमा समेत दिनुपर्नेछ । 

यस वर्ष भने अमेरिकाले डिभी भर्नको लागि पासपोर्ट नम्बर चाहिने व्यवस्था गरेका छ । आवेदन फारम भर्दा पासपोर्टको म्याद, अवधि पनि उल्लेख गर्नुपर्ने  छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर