ज्यान मार्ने धम्कि दिएर सभामुख विरुद्ध बोल्न लगाएको रोशनीको खुलासा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १५, बुधबार  
ज्यान मार्ने धम्कि दिएर सभामुख विरुद्ध बोल्न लगाएको रोशनीको खुलासा

काठमाडौँ । सभामुख कृष्ण बहादुर महरामाथि आरोप लगाउने महिला रोशनी शाहीले आफुले महराप्रति लगाएको आरोप कपोकल्पित भएको बताएकी छन् । महरालाई फसाउन आफुलाई कांग्रेसी  मिडियाले प्रयोग गरेको स्पष्टिकरण दिएकी छन् ।

शाहीले सभामुख महरा निर्दोष रहेको कुरा आफ्नो  फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् । आफु र आफ्नो श्रीमानलाई मार्ने धम्की दिएर बोल्न बाध्य बनाइएको शाहीको भनाइ छ । उनले आफ्नो फेसबुकमा  ‘अति गर्नु अत्याचार नगर्नु’ भन्दै स्टाटस लेखेर अब त्यस्ता तत्वहरुसँग नडराउने चुनौति समेत दिएकी छन् ।  सभामुखमाथि लगाइएको आरोप पदच्युत गर्न बनाइएको डिजाइन भएको शाहीले बताएकी छन् ।

उनले भनिन्, एउटा कांग्रेसी मिडिया म बसेको कोठा  खोज्दै आएर मलाई डर र त्रास देखाएर सभामुख महराले बलात्कार गरेको हो भन्ने कुरा बोल्न बिवस बनाइयो । श्रीमान र मेरो ज्यान मार्ने धम्की आएपछि नचाहेर पनि झुटो कुरा बोल्न बाध्य भए । महरा सरले रक्सी ल्याएको छैन् । सत्य सत्य नै हो उनी कसैको कोठामा पनि गएका छैनन् । 

शाहीले सभामुख बन्नको लागि उपसभामुखले विभिन्न बाहना बनाएर आफुलाई प्रयोग गरेको आरोप लगाएकी छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेकी छन्,  ‘मलाई भाइरल हुने कहिल्यै चासो भएन, महरा सरले न्याय पाउनुहुन्छ, ‘उहाँलाइ बदनाम गराउने उप देखि उपसम्म हुन् ।’

उनीसँग अन्तवार्ता लिएका र उक्त घटनालाई बाहिर ल्याउने पत्रकारको फोटो सेयर गर्दै यही चोर हो मेरो कोठा पत्ता लगाएर मलाई जबरजस्ती महराको बिरुद्धमा बोल्न बाध्य बनाउने  पत्रकार भनेर लेखेकी छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर