जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १५, बुधबार  
जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

काठमाडौँ । जंगली च्याउ खाँदा सर्लाहीमा एकै परिवारका ७ जना बिरामी भएका छन् ।

सर्लाहीको इश्वरपुर नगरपालिका १ शंकरगञ्जमा मंगलबार दिउँसोजंगलबाट ल्याएको च्याउ खाँदा शंकरगञ्ज गाउँका ६० वर्षका राजन सिंह दनुवार, उहाँकी श्रीमती वर्ष ३५ की चन्दा सिंह दनुवार, छोराहरु २७ वर्षका राकेश सिंह दनुवार, २५ वर्षका राजेश सिंह दनुवार, छोरी वर्ष १५ की पुनिताकुमारी सिंह दनुवार, भाइ ३७ वर्षका रमेश सिंह दनुवार, उनकी छोरी १० वर्षिय सोनीकुमारी सिंह दनुवार र छोरा ८ वर्षीय जेयान सिंह दनुवार बिरामी परेका हुन् ।

च्याउ खाएपछि उनीहरुलाई रिंगटा लाग्ने, वाकवाकी लाग्ने भएपछि उपचारको लागि बिरामी परेका सबैजनालाई अमृत हेल्थ केयर बयलवासमा सामान्य उपचार गरी थप उपचारको लगि राति नै जनकपुर पठाइएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर