संक्रमित सँगै निको हुनेको संख्या सन्तोषजनक, एकै दिन २३ सय ३५ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

लाल्टिन खबर ,
प्रकाशित: २०७७ कात्तिक ३, साेमबार  
संक्रमित सँगै निको हुनेको संख्या सन्तोषजनक, एकै दिन २३ सय ३५ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ३५ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ३ सय ३५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या हजार सय पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९४ हजार ५ सय १ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४ सय ७० रहेको छ ।

यस्तै होम आइसोलेसनमा रहनेको संख्या २६ हजार ९ सय २७ रहेको छ भने संस्थागत आइसोलेसनमा १३ हजार ८ सय ५१ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ७ सय १४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १३ लाख ९ सय १८ जनाको पीसीआर परीक्षण भएको छ ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार