चाडबाडमा यात्रुलाई सास्ती

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १५, बुधबार  
चाडबाडमा यात्रुलाई सास्ती

काठमाडौँ । लगातारको वर्षापछि जिल्लाका सबै ग्रामीण सडक अबरुद्ध भएको कारण जिल्लाबासीलाई चाडबाडका बेला निकै अप्यारो परेको छ ।

वर्षाको कारण जिल्लाभित्र चल्ने र जिल्लाबाहिर चल्ने कच्ची सडकमा कुनै पनि सवारीसाधन नचलेकै कारण दशैँ तिहार जस्ता ठूला चाडबाड मान्न गाउँघर आउने जाने यात्रुहरुलाई निकै समस्या परेको छ ।

वर्षाको कारण अन्तर जिल्लाका दिक्तेल बाँक्सिला, दिक्तेल  मात्तिम पञ्चमी, दिक्तेल रेग्मीटार रसुवा सडक पुर्ण रुपमा अबरुद्ध बनेको खोटाङ यातायात प्रा. लिका अध्यक्ष गणेशविक्रम शाहीले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय खोटाङले दिक्तेल निर्मलीडाँडा चखेवाभञ्यांङ सडकलाई चालुु अवस्थामा राख्न ठेकेदारलाई निर्देशन दिएपनि कार्यान्वयन भएको छैन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर