संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास  नगर्न सरकारलाई डा. भट्टराईको चेतावनी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १४, मङ्गलबार  
संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास  नगर्न सरकारलाई डा. भट्टराईको चेतावनी

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास नगर्न  सरकारलाई चेतावनी दिएका छन् ।

दशैंको अवसर पारेर गोरखा पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै  उनले कुनै पनि नामको पार्टी र वादले मुलुकमा निरंकुशता ल्याउने सपना नदेख्न  सझाव दिएका छन् ।

लोकतान्त्रिकरणको बाटोमा अघि बढाउन सञ्चार माध्यामहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक रहेको डा. भट्टराईले बताएका छन् । सोही कार्यक्रममा बोल्दै उनले बुढीगण्डकी आयोजनामा ढिलाइ हुँदा गोरखाको विकास पछि परेको बताए ।

नेता भट्टराईले बुढीगण्डकी आयोजना नेपालीले नै बनाउने मोडलमा नगए आयोजना नबन्ने खतरा रहेकाले स्थानीय वासिन्दाको सहयोग हुँदाहुँदै पनि आयोजना अघि बढ्न नसक्नु दुर्भाग्य भएको बताए ।

पछिल्लो समय गोरखमा बढ्दै गएको ठेक्कापट्टामा लिने र काम नगर्ने प्रवृत्ति बढेको भन्दै यसलाई राजनीतिक दल र कर्मचारीले सघाएको भट्टराईले आरोप लगाए छन् । त्यस्तै नेता भट्टराईले गोरखाको विकास निर्माण ठप्प जस्तै भएकाले कुनै खालको भष्टचार भए त्यस्ता कुरालाई पत्रकारले उजागर गर्नुपर्ने बताएका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर