७० औँ राष्ट्रिय दिवस मनाउँदै चीनले गर्यो अहिले सम्मकै ठूलो सैन्य परेड

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १४, मङ्गलबार  
७० औँ राष्ट्रिय दिवस मनाउँदै चीनले गर्यो अहिले सम्मकै ठूलो सैन्य परेड

एजेन्सी । जन गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव बेइजिङस्थित थ्यानआनमन चोकमा आयोजना भएको छ ।

राष्ट्रिय शक्ति प्रदर्शनको रूपमा चीनले वर्षेनी सैन्य परेड देखाउने गरेपनि यो सैनिक परेड अहिलेसम्मकै सबैभन्दा ठूलो भएको अन्तराष्ट्रिय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

सैनिक परेडमा १५ हजार सैनिकहरुले भाग लिएका थिए भने १६० वटा भन्दा बढी विभिन्न किसिमका विमानहरु र ५८० वटा भन्दा बढी सैनिक उपकरणहरुको प्रदर्शनी गरिएको थियो ।

उक्त समारोहलाई चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महसचिव एवं केन्द्रिय सैन्य आयोगका अध्यक्ष राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका छन् । राष्ट्रपति सी चिनफिङको सम्बोधन पश्चात समारोहमा सैनिक परेड प्रस्तुत गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनफिङले ७० वर्षदखि चिनियाँ जनता र राष्ट्रले गरेको अथक प्रयासपछि प्राप्त गरेको विशाल उपलब्धीहरुलाई कुनै शक्तिले पनि रोक्न नसक्ने बताएका छन् । उनले चिनियाँ जातिको स्वतन्त्रता र जनताको मुक्तिको लागि अमुल्य योगदान पुर्याउने क्रान्तिकारी पुस्ता, शहिदहरुको सम्झना गर्दै चीनको विकासको लागि समर्थन गर्ने राष्ट्रहरुलाई समेत धन्यवाद दिएका छन् । 

‘७० वर्षयता चीनका विभिन्न जातिका जनताले आफ्नो मनलाई एकीकृत गरेर विश्वका लागि आकर्षक उपलब्धि हासिल गर्न सकिएको राष्ट्रपति सी चिनफिङको भनाइ छ । एकीकृत भएर जन गणतन्त्र चीनको विकासलाई सुदृढ पार्ने, दुई वटा सय वर्षुको लक्ष्य तथा चिनियाँ राष्ट्रको पुनः उत्थानको चिनियाँ सपनालाई पूरा गर्न अथक प्रयास गर्न पनि सीले आह्वान गरेका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर