सुनको मूल्य तोलामा ८ सयले घट्यो

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १४, मङ्गलबार  
सुनको मूल्य तोलामा ८ सयले घट्यो

काठमाडौँ । निरन्तर बढेर इतिहासँकै महँगो बनेको सुनको मूल्य पछिल्लो केही दिनदेखि निरन्तर घटेको छ ।

प्रतितोला ८ सयले घटेको सुनको मूल्य आज मंगलबार ६९ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ६८ हजार ९ सयमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला  १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला  ८ सय २५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर