कोरोना संक्रमणबाट निको हुनेको संख्या ९० हजार नजिक, एकैदिन १ हजार ८ सय संक्रमित अस्पतालबाट डिस्चार्ज

लाल्टिन खबर ,
प्रकाशित: २०७७ कात्तिक १, शनिबार  
कोरोना संक्रमणबाट निको हुनेको संख्या ९० हजार नजिक, एकैदिन १ हजार ८ सय संक्रमित अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ८ सय जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३८ हजार ८ सय ३७ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७ सय १५ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या २५ हजार ७ सय ३७ रहेको छ भने संस्थागत आइसोलेसनमा १३ हजार २ सय ९९ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १२ लाख ६९ हजार ६ सय ५ जनाको पीसीआर परीक्षण भएको छ ।
 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार