कोरोना अपडेट : शनिबार थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

लाल्टिन खबर ,
प्रकाशित: २०७७ कात्तिक १, शनिबार  
कोरोना अपडेट : शनिबार थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको छ भने ४ हजार ७ सय १५ जना क्वारेन्टिनमा छन्। पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय २७ पुगेको छ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार