प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल विस्तार : ईश्वर पोखरेललाई रक्षामन्त्रालयको जिम्मेवारीबाट हटाइयो, गुरुङले पाए सञ्चार (सूचीसहित)

हटेनन् कोही, रक्षा मन्त्रालय आफैंले राखेर ल्याए ३ नयाँ मन्त्री

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असाेज २८, बुधबार  
प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल विस्तार : ईश्वर पोखरेललाई रक्षामन्त्रालयको जिम्मेवारीबाट हटाइयो,  गुरुङले पाए सञ्चार (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सबै मन्त्रीलाई हटाएर नयाँ अनुहार ल्याउने भनिए पनि ३ मन्त्री थपिएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । यससँगै नेकपा महासचिव विष्णु पौडेल नयाँ अर्थमन्त्री बनेका छन् ।

नेता कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री नियुक्त भएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री लिलाराज श्रेष्ठ बन्न सफल भएका छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार