निद्रामा घुर्नु समस्या मात्रै होइन रोग पनि हो 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १४, मङ्गलबार  
निद्रामा घुर्नु समस्या मात्रै होइन रोग पनि हो 

काठमाडौँ  । निद्रामा घुरेको कारण श्रीमतीले दुईपटक खाटबाट नमिठो अनुभव छ लोकन्थली नयाँबस्तीका श्रीराम कार्कीलाई । दोस्रोपटक खाटबाट खसाल्दा कार्कीको हात मर्केको थियो ।

यो समस्या कार्कीको मात्रै हैन् । घरघरकै समस्या हो । मोटोपन भएका मानिसले घुर्नु त सामान्य हो भन्ने गर्छन् । अन्य मानिसले पनि घुरेकै कारण कतिपय परिवारमा समस्या आउने गरेको छ । धेरैलाई घुर्ने समस्या रोग  हो भन्ने जानकारी पनि नभएको पाइएको छ ।

कार्कीले उपचारको लागि कुनै पनि चिकित्सककहाँ नगएको र यो रोग हो भनेर आफुलाई जानकारी नभएको बताएका छन् । नाक कान घाँटी विशेषज्ञ डा. निर्मला तामाङका अनुसार धेरैको निद्रामा घुुर्ने बानी हुन्छ ।

वरपरकालाई घुर्ने बानीले समस्या भएपनि आफुले घुरेको छु भन्ने आफैलाई थाहा हुन्न । उनले भनिन्, निन्द्रामा घुर्ने बानी मोटोपना भएको र जेष्ठ नागरिकमा धेरै हुने गर्छ । यो  समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर