महँगीले दशैँ खल्लो

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १४, मङ्गलबार  
महँगीले दशैँ खल्लो

काठमाडौँ । घटस्थापना सुरुवात भएसँगै घरघरमा दशै भित्रिएको छ । सबैतिर जमरा राख्ने पूजापाठ गर्ने र दशैँ कसरी मनाउने भन्ने योजना बुनिदै छ ।

प्रत्येक वर्षजस्तै यो वर्ष पनि पर्व सुरु भएसागै खाद्यान्न तरकारी र फलफुलको मूल्यवृद्धिले भने सर्वसाधारण मारमा छन् । बुटवलस्थित खयरघारीको श्याम बहादुर परियार कामबिहीन भएका छन् । दशैँ लाग्यो भन्दै ठेकेदारले १५ दिन घर निर्माण रोके ।

त्यसपछि उनी काम र दामबिहीन भएक छन् । साँझ बिहान खाने खर्च सकिन थालेको छ । छोराछोरी नयाँ लुगामाग गरिरहेका छन् । माछामासु खाने रहर गर्छन् ।

दिनभर काम गरेर दुई छाक खाने मान्छो । काम  रोकियो । उनले भने काम नभएपछि दसै कसरी मनाउने भन्नेमा चिन्ता छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ  । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर