कारखानामा लागेको आगोमा परि चीनमा १९ को मृत्यु

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १३, साेमबार  
 कारखानामा लागेको आगोमा परि चीनमा १९ को मृत्यु

काठमाडौँ । चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परि १९ जनाको मृत्यु भएको छ ।

दैनिक आवश्यक पर्ने सामाग्रीको उत्पादन हुने उक्त कारखानामा मध्येराती आगो लगोको बताइएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहान ६ बजे सो आगो नियन्त्रण गरेर आगलागीमा परेका मानिसको सख्या १९ जना पुगेको प्रहरीले  जनाएको छ ।

आगलागीको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी सिन्ह्वाले  दिएको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर