काठमाडौँ । प्रतिपक्षदलहरुले जनतामा भ्रम फैलाएर निरासा बनाएको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् ।
सोमबार ललितपरको सैँबु आवास क्षेत्र भैँसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र निवासको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरिरहेको भएपनि नराम्रो प्रचार गरेर गलत हल्ला फैलाउनु ठिक नभएको बताए ।
प्रधानमन्त्री ओली भने नेपालमा वाक् स्वतन्त्रताका नाममा मनपरी बोल्दै हिँड्ने छुट भने कसैलाई नभएको बताएका छन् । स्वस्थ ढंगले व्यक्तिको आलोचना गर्न पाइन्छ तर कसैलाई नन इस्युलाई इस्यु बनाएर जसरी पनि विरोध गर्ने सिलसिला विल्कुलै ठिक नभएको बताए ।
उनले भने सरकारको विरोधीहरु कराउँदै गर्छन् तर सरकार आफ्नो उदेश्यमा सधै अडिग रहन्छ ।
२०७६ मङ्सिर २२, आइतबार
२०७६ मङ्सिर २२, आइतबार
२०७६ मङ्सिर २२, आइतबार
२०७६ मङ्सिर २२, आइतबार
२०७६ मङ्सिर २२, आइतबार
२०७६ मङ्सिर २२, आइतबार