घाटमा पुगेको राजतन्त्र फिर्ता ल्याउँछु भन्नु रेनुको विरुद्ध मात्रै नभएर राज्य सम्यन्त्रको विरुद्द नै षडयन्त्र हो : मेयर दाहाल

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १२, आइतबार  
घाटमा पुगेको राजतन्त्र फिर्ता ल्याउँछु भन्नु रेनुको विरुद्ध मात्रै नभएर राज्य सम्यन्त्रको विरुद्द नै षडयन्त्र हो : मेयर दाहाल

काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर तथा नेपाल कम्युनिष्ट पार्टी  नेकपाकी नेतृ रेनु दाहालले घाटमा पुगेको राजतन्त्रलाई फिर्ता ल्याउँछु भनेर लाग्नु जनताको त्याग बलिदानलाई कुल्चिन खोज्नु त रेनुको मात्रै नभएर  राज्य सम्यन्त्रका विरुद्द नै षडयन्त्र गर्नु भएको बताएकी छन् ।

यसलाई राज्यले ठाउँबाट निराकरण गर्ला भन्नेमा आफु विश्वस्त रहेको बताएकी छन् ।  उनले भनिन्, पछिल्लो समय सलबलाउँदै गएको परिवर्तन विरोधी तत्वहरुले राज्य नै जिते भन्ने होइन् । अब आफुहरु एकजुट भएर आन्दोलनको स्पिरिड समातेर राज्य विरोधी तत्वलाई परास्त पार्न लाग्नु बाहेक यसको विकल्प छैन् ।

यस विषयलाई लिएर आफ्नो पार्टी संवेदनशिल भएको बताएकी छन् ।  भरतपुर महानगरपालिकामा ज्ञानेद्र शाहीमाथि कुटपिट भएपछि मेयर रेनुप्रति सामाजिक सञ्जालमा भएका कु प्रचारबारे बोल्दै उनले आफुलाइै यस्तो कुराको बारेमा अल्झिेर बस्ने समय नरहेको  जानकारी दिएकी छन् ।

पछिल्लो समय आएका मेरा विरुद्दका विभिन्न टिकाटिप्पणीहरु अत्यन्तै तल्लो स्तरका र घृणित अनि कमेन्ट गर्न लायक छैनन् । उछृङ्खल खालका गतिविधि रोक्न त राज्यले कदम चाल्नेमा आफु विश्वस्त रहेको बताएकी छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर