चियापन कार्यक्रमको लागि नेकपाले एक लाख कार्ड बाढ्ने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १२, आइतबार  
चियापन कार्यक्रमको लागि नेकपाले एक लाख कार्ड बाढ्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले चियापान कार्यक्रमको लागि एक लाख काड बाड्ने भएको छ ।

पार्टीले दशैँ, तिहार, छठ  पर्वको अवसर पारेर यही असोज २९ गते शुभकामना आदन प्रदानको लागि प्रदर्शनी मार्ग भृकुटीमण्डपमा कार्यकर्ता, सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका पदाधिकारी, संवैधानिक निकायका र उच्चपदस्थ कर्मचारीलाई निम्तो दिने भएको हो । 

प्रधानमन्त्री एवं  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको निमन्त्रणा कार्ड बाडिने नेकपा केन्द्रिय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर