चीनको पूर्वी जिङसु प्रान्तमा  बस र ट्रक ठोक्किँदा ३६ जनाको मृत्यु, ३६ जना घाइते

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १२, आइतबार  
चीनको पूर्वी जिङसु प्रान्तमा  बस र ट्रक ठोक्किँदा ३६ जनाको मृत्यु, ३६ जना घाइते

काठमाडौँ । चीनको पूर्वी जिङसु प्रान्तमा  बस र ट्रक  एक आपसमा ठोक्किदा ३६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर अन्य ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समय अनुसार बिहान ७ बजे भएको बस दुर्घटना भएको हो  । दुर्घटना ग्रस्त बसमा ६९ जना यात्रु सवार रहेका थिए ।

यात्रुबाहक बससँग तीन जना मानिस  सहित आएको ट्रकसँग ठोक्किएर दुर्घटना भएको  जनाइएको छ । बसको टायरको हावा फुस्किएर दुर्घटना भएको  हुन सक्ने अनुसन्धानमा खटिएको प्रहरीले बताएका छन् । घटनाबारे विस्तृत जानकारी भने आउन बाँकी नै रहेको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर