म जागिर खान आएको होइन : नवनियुक्त उपकुलपति प्रा.डा.अर्याल

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असाेज १९, साेमबार  
म जागिर खान आएको होइन : नवनियुक्त उपकुलपति प्रा.डा.अर्याल

काठमाडौँ । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयनका लागि आफूले पहिलो प्राथमिकता दिने बताएका छन् ।

आइतबार उपकुलपति पदको पदभार ग्रहण गर्दै उनले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे । विश्वविद्यालयको समस्या र अन्योल समाधानका बारेमा प्रधानमन्त्रीसँग छलफल भएको र उनले नीति नियममा रही निर्धक्क भएर अगाडि बढ्न सुझाउनु भएको उनले बताए ।

“म जागिर खान आएको होइन,” उनले भने, “मलाई अब कसरी यो विश्वविद्यालय बनाउने र व्यवस्थापन गर्ने भन्ने मुख्य चिन्ता छ ।” उनले पोखरा विश्वविद्यालय छोटो समयमा राम्रो प्रतिष्ठा कायम गरेको र धेरै कार्यक्रम ल्याएर एउटा ख्याति कमाएको जनाए ।

विश्वविद्यालय सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारी, व्यवस्थापन सङ्कायका डीन प्रा.हरिबहादुर खड्का, स्कूल अफ डेभलेपमेन्ट सोसल इञ्जिनीरिङ्गका स्कूल निर्देशक डा.रामप्रसाद अर्यालय, विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य सहप्राध्यापक हरिप्रसाद त्रिपाठी, प्राध्यापक सङ्घका अध्यक्ष हेमराज पाण्डे तथा  विश्वविद्यालय कर्मचारी सङ्घका अध्यक्ष शिवराज पण्डित र सहप्रशासक तारा सापकोटाले विश्वविद्यालयका समस्या र सुधारका बारेमा  सुझाव प्रस्तुत गएका थिए । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार