सर्वोच्च शिखर सगरमाथा र भगवान गौतमबुद्धको जन्मस्थल रहेको नेपाल घुम्न आउन क्यानडाबासीलाई मन्त्री भट्टराईको आग्रह

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १२, आइतबार  
सर्वोच्च शिखर सगरमाथा र भगवान गौतमबुद्धको जन्मस्थल रहेको नेपाल घुम्न आउन क्यानडाबासीलाई मन्त्री भट्टराईको आग्रह

काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्यन संघ, आइकाओको माहासभामा सहभागी हुन क्यानडा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री  योगेश भट्टराईले सर्वोच्च शिखर सगरमाथा र भगवान गौतमबुद्धको जन्मस्थल रहेको नेपाल घुम्न आउन  क्यानडा बासीलाइृ आग्रह  गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न नेपाली दूतावास तथा नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा मन्त्री भट्टराईले स्वदेशी तथा विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न निम्तो गरेका छन् ।

जो कोही व्यक्तिले पनि छुट्टी मनाउनको लागि बाहिर नगएर नेपाल  गएर नेपाली संस्कृति र नेपालको प्राकृतिक सम्पदाको अवलोकन गरेर आनन्द लिन  सकिने भएकाले नेपाल भ्रमण गरेर भ्रमण वर्ष २०२० सफल पारिदिन आव्हान गरेका छन् ।

त्यस्तै उनले नेपाल वायुसेवा निगम र केही नयाँ एयरलाइन्सहरु अहिले घाटामा रहेको कारण विदेश घुम्न आएको भएपनि आफ्नो मन शान्त नभएको र घाटामा रहेको एयरलाइन्सलाई कसरी सुधार गर्ने भन्नेमा नेपाल सरकारले समाधानको बाटो खोजिरहेको बताएका छन् ।

उनले प्रवासमा रहेका नेपालीहरुका नागरिकता विषयमा सरकारले आवश्यक गृहकार्य गरिरहेकोले अब छोरा नाती सम्मले पनि नेपाली नागरिकता पाउन सक्ने व्यवस्था गरिने बताएका छन् । एक साता लामो भ्रमण सकाएर मन्त्री भट्टराई आज आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर