चलचित्र विकास बोर्डका दिवंगत अध्यक्ष केशव भट्टराईको परिवारलाई ३४ लाख सहयोग

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असाेज १८, आइतबार  
चलचित्र विकास बोर्डका दिवंगत अध्यक्ष केशव भट्टराईको परिवारलाई ३४ लाख सहयोग

काठमाडौँ । चलचित्र विकास बोर्डका दिवंगत अध्यक्ष केशव भट्टराईको परिवारलाई ३४ लाख रुपैयाँभन्दा बढी नगद सहयोग गरिएको छ । गत मंसिर ३० गते हृदयघातको कारण निधन भएका बोर्डको तत्कालिन अध्यक्ष भट्टराईको परिवारका नाममा संकलित सहयोग रकम बुधबार हस्तान्तरण गरिएको हो ।

 बोर्डका पूर्वअध्यक्ष राजकुमार राई संयोजकत्वको समितिले  देश विदेशबाट संकलित रकम बोर्ड परिसरमा बुधबार आयोजित कार्यक्रममा भट्टराईकी पत्नी नीता भट्टराईलाई हस्तान्तरण गरेको हो ।
वर्तमानमा बोर्ड अध्यक्ष दयाराम दाहालको उपस्थितिमा संयोजक राईले भट्टराई पत्नी नीतालाई ३४ लाखभन्दा बढी रकम हस्तान्तरण गरिएको हो ।

तत्कालीन अध्यक्ष भट्टराईको निधन पश्चात सहयोग संकलनका लागि राजकुमार राईको नेतृत्वमा बसुन्धरा भुसाल, दीपाश्री निरौला, प्रकाश सुवेदी, रवीन्द्र खड्का, विनोद भट्टराई, गिरिश शर्मा र शिशिर भण्डारी सदस्य रहेको समिति गठन गरिएको थियो । 

बुधबार उक्त समितिले संकलन गरेको र कार्यक्रममा सहभागी भएका व्यक्तिबाट प्राप्त रकम नीता भट्टराईलाई हस्तान्तरण गरिएको समिति सदस्य दीपाश्री निरौलाले जानकारी दिइन् ।

चलचित्र निर्मातासमेत रहेका भट्टराई चलचित्र निर्माणका क्रममा आफ्नो सम्पत्ति सकेका थिए । तत् पश्चत उनी अनामनगरमा भाडामा बस्दै आएका थिए ।

तर, गत मंसिरमा भट्टराई हृदयघातका कारण निधन भएपछि उनको परिवारको विचल्ली भएको भन्दै आर्थिक सहयोग संकलन गरिएको थियो । 
 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार