दलित बिहे गरेको भन्दै आफ्नै दाजुबाट बुबाको किरिया गर्न बञ्चित भए भोजपुरका चन्द्र खड्का

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १२, आइतबार  
दलित बिहे गरेको भन्दै आफ्नै दाजुबाट बुबाको किरिया गर्न बञ्चित भए भोजपुरका चन्द्र खड्का

काठमाडौँ ।  दलितको छोरी बिहे गरेको भन्दै भोजपुर आम्तेकका ३२ वर्षिय चन्द्र खड्का आफ्नो बाबूको किरिया गर्नबाट बञ्चित भएका छन् ।

उनको जेठा दाजू सम्मर बहादुर खड्काको अगुवाईमा बूबाको मृत्यु भएपछि हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरि उनको घरमा काजकिरियाको प्रक्रिया सुरु भयो । कामको सिलसिलामा काठमाडौँ पुगेका चन्द्र बाबूको मृत्यु भएको ३ दिनपछि घर पुगे ।

तर  उनलाई उनको दाजुले दलितको छोरीसँग विवाह गरेको भन्दै दाजुसँगै किरिया बस्न नदिएपछि चन्द्र एक्लैले आफ्नो घरमा छुट्टै १३ दिन  किरिया गरेका छन् । २०६२ सालमा छिमेकी लाल बहादुर विश्वकमाकी छोरी गीता विश्वकर्मासँग  प्रेम विवाह गरेका चन्द्र र उनको दाजुको सम्बन्धमा गीतासँगको विवाहपछि निकै खटपट भएको थियो ।

उनी परिवारदेखि छुट्टै बस्दै आएका थिए ।  घर आउजाउ मात्रै नभएर दाजुभाइको बोलचाल समेत बन्द थियो । बाबूको मृत्युपछि उनीहरुको घरमा पुजापाठ काजकिरियामा पुरेतको काम गर्दै आएका ब्राम्हण लेखनाथले दाजु भाइसँगै बसेर जुठो बार्छौ भने म आएर काम गर्दिन  म तिम्रो भाइलाई छुदिन भनेर आफुलाई बहिष्कार गरेको चन्द्रले बताएका छन् ।

उनले भने, त्यसपछि उनका दाजुले तँ तेरो घरमा बसेर जुठो बार म आफ्नै घर बसेर जुठो बार्छु भनेर तिरष्कार गर्यो । उनको दाजुलाई किरियापुत्रीको काम गराउने ब्राम्हण, दाजु सम्मर र उनका केही छिमेकीले पनि उनलाई समाजबाट बहिष्कार गरेका छन् ।

घटनापछि गीताको माइती पक्षले न्यायको माग गर्दै आफ्नो छोरी ज्वाईप्रति जातिय भेदभाव गर्नेलाई कानुनी कारबाही  हुनुपर्ने बताएका छन् । बुबाको किरियाबाट बहिष्कार भएपछि शुक्रबार चन्द्रले जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिएका छन् ।

घटनालाई प्रहरीले छिमेकी दाजुभाइसँग मिलापत्र गरेर बस्न भनेको भएपनि कुनै निस्कर्ष  नआएपछि कानुनी प्रक्रिया अनुरुप अगाडी बढ्ने डीएसपी नरबहादुर मगरले बताएका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर