नेकपा सचिवालयको बैठक अनिश्चितकालको लागि स्थगित

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असाेज १८, आइतबार  
नेकपा सचिवालयको बैठक अनिश्चितकालको लागि स्थगित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बस्ने भनिएको सचिवालयको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जना र बालुवाटारमा खटिएका अन्य सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीले भेटघाट बन्द गरेका छन् ।

प्रधानमन्त्री ओली बैठकमा उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो । राजदूतसहित विभिन्न निकायमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा नियुक्ति गरेकोमा प्रचण्ड र माधव नेपाल पक्षले असन्तुष्टि जनाएका छन् ।

विभिन्न निकायमा भएका नियुक्ति र मन्त्रीहरु हेरफेरको विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो । शनिबार पनि बैठक बस्दै नबसी स्थगित भएको थियो । अर्को बैठक कहिले बस्ने भन्नेबारेमा यकिन भइसकेको छैन । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार