आज नवरात्रीको पहिलो दिन घर घरमा जमरा राखिदै 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १२, आइतबार  
आज नवरात्रीको पहिलो दिन घर घरमा जमरा राखिदै 

काठमाडौँ । आजबाट दशै सुरु भएको छ । पहिलो दिन घटस्थापना आज घर घरमा रातो माटोले लिपेर चोखो शुद्ध पारीएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवा जौँ छरेर जमरा राखि घटस्थापना गरिदै छ ।

आइतबार बिहान १० : ३५ मा शुभ साइत रहेको नेपाल पञ्चांग  निर्णायक समितिले  जनाएको छ । 
नवरात्री सुरु भएसँगै नवरात्र मेला पनि सुरु भएकाले नवरात्रीका पहिलो दिन नै शक्तिपीठमा पूजाअर्चना, गरी दुर्गा स्तोत्र र चण्डीपाठ गरेर दुर्गा भवानीको आधरना गरिन्छ ।

पहिलो दिन शैलपुत्री दोस्रो दिन ब्रह्मचारीणी र क्रमिक रुपमा चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिरात्री गरी नौ दुर्गाको उपाना गरिन्छ । भगवान रामले रावणमाथि विजयी प्राप्त गरेको प्रसंगलाई लिएर बडादशै जोडिएको छ ।

जमरालाई समृद्धिको प्रतीक मानिन्छ। त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ। दसैंको टीका साइत बिहान १०स्३५ बजेयस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ।

पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार असोज २१ गते विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो। नवरात्रीभर विभिन्न स्थानमा रहेका शक्तिपिठको मन्दिरमा पुजाआरधना गर्ने परम्परा रहेको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर