भारतको जोधपुर नजिकै बस दुर्घटना १० जनाको मृत्यु

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १०, शुक्रबार  
भारतको जोधपुर नजिकै बस दुर्घटना १० जनाको मृत्यु

काठमाडौँ । भारतको राजस्थानस्थित जोधपुर नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

अन्य थुप्रै व्यक्ति घाइते भएका छन् । यात्रुबाहक मिनीबसको टायर पड्कीएपछि बोलेर गाडीसँग ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जानकारी दिएका छन् ।

घाइतेहरुलाई उपचारका लागि नजिकको अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर