कुवेतका नयाँ अमिरको सपथ ग्रहण सम्पन्न

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असाेज १५, बिहीबार  
कुवेतका नयाँ अमिरको सपथ ग्रहण सम्पन्न

कुवेत, १५ असोज –– कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले बुधबार संवैधानिक व्यवस्था बमोजिम संसद समक्ष कुवेतका अमिरका रुपमा सपथ गर्नु भएको छ । 

सरकारको आपतकालीन बैठकले मंगलबार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो । कुवेती अमिर सबाह अल–अहमद अल–सबाहको मंगलबार उपचारको क्रममा संयुक्तराज्य अमेरिकाको एक अस्पतालमा निधन भएको थियो । उहाँ ९१ वर्षका हुनुहुन्थ्यो

कुवेतको संविधानबमोजिम पूर्व अमिरको निधन भएमा वा पदत्याग गरेमा उहाँका उत्तराधिकारीलाई नयाँ अमिर घोषणा गर्ने परम्परा छ । 

तर, नयाँ अमिरको घोषणा भएपनि संसद समक्ष सपथ गरेपछि मात्र पदभार ग्रहण गर्न पाइने संवैधानिक व्यवस्था छ । 

स्वर्गीय अल–सबाह जनवरी २००६ मा कुबेतको अमिर बन्नु भएको थियो । त्यसअघि कुबेतमा शेख जाबेर अल–सबाह अमिर हुनुहुन्थ्यो ।रासस–एएनआई

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार