ड्रग्स केसमा पहिलोपटक चार बलिउड नायकहरुको नाम जोडियो

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असाेज १५, बिहीबार  
ड्रग्स केसमा पहिलोपटक चार बलिउड नायकहरुको नाम जोडियो

एजेन्सी । बलिउड ड्रग्स केसमा यसअघि भारतीय नायिकाहरुको नाम जोडिदै आएको थियो । तर अहिले ड्रग्स केसमा चार बलिउड नायकहरुको नाम एकैपटक जोडिएको छ । एनसीबी अनुसन्धानका क्रममा चार बलिउड नायकको नाम जोडिएको हो । ड्रग्स केसमा नाम जोडिने बलिउड नायकहरुमा शाहरुख खान, रणबीर कपूर, अर्जुन रामपाल र डिनो मोरिया रहेका छन् ।

दैनिक भाष्करले एनसीबीका अधिकारीको श्रोतलाई उदृत गर्दै जनाएअनुसार अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्ने काम गर्दै आएका थिए । यसअघि बलिउड नायिकाहरुको मात्र नाम ड्रग्स केसमा जोडिएको थियो । तर पहिलोपटक बलिउड नायकहरुको पनि नाम ड्रग्स केसमा जोडिएको छ ।

दिल्लीका एनसीबी अधिकारीले नाम नछाप्ने शर्तमा बलिउडका ठुला नायकहरुको ड्रग्स कनेक्सनबारे खुलासा गरेको दैनिक भाष्करले जनाएको छ । एनसीबी अधिकारीसँगको कुराकानीको पूर्ण विवरण भास्करसँग सुरक्षित रहेको जनाइएको छ ।

ती अधिकारीले बलिउड नायकहरुको नाम लिँदा कोड प्रयोग गरेका थिए । उनले ए, डि, आर र एस कोडमा नामहरु बताएका थिए । ‘ए’ को अर्थ अर्जुन रामपाल, ‘डि’ को अर्थ डिनो मोरिया, ‘आर’ को अर्थ रणबीर कपूर र ‘एस’ को अर्थ शाहरुख खानको नाममा उनले संकेत गरेका हुन् । ती अधिकारीकाअनुसार रामपाल शाहरुखका लागि ड्रग्स सप्लाई गर्दै आएपनि डिनो मोरिया लगायतका नायकहरुको बारेमा भने अनुसन्धान भैरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार