जापान भ्रमणमा पुगेका मन्त्री पुन उच्च स्तरीय भेटवार्तामा व्यस्त

ऊर्जा, कृषि र पर्यटनमा जापानी लगानी गर्न जोड

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ८, बुधबार  
जापान भ्रमणमा पुगेका मन्त्री पुन उच्च स्तरीय भेटवार्तामा व्यस्त

काठमाडौँ । जापान भ्रमणमा रहेकी उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन उच्च स्तरीय भेटवार्तामा व्यस्त रहेका छन् ।

मन्त्री पुनले जापानमा संसदीय, परराष्ट्र उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इतोसँग नेपाल जापानको सम्बन्ध र सहयोगका विषयमा विशेष छलफल गरेका छन् ।

उनले बुधबार नै नेपाल–जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसहितको ८ सदस्यी टोलीसँग छुट्टै भेटवार्ता गरेका छन् ।

भेटमा मन्त्री  पुनले ४ सय १७ मेगावाट नलसिंहगाड जलविद्युत् आयोजनामा सहयोगका लागि अनुरोध गरें, ऊर्जा, कृषि र पर्यटन नेपालमा सहयोगका लागि प्राथामिकता विषय भएकाले जापानी सहयोग र लगानी बाउनु पर्नेमा जोड दिएका छन् । 

संसदीय, परराष्ट्र उपमन्त्री नोरुहिरो नाकायामाले नेपाललाई गर्ने सहयोगका क्षेत्र विस्तार गर्ने, आपसी सम्बन्ध बलियो बनाउन उच्चस्तरीय भ्रमणहरू गर्ने बताए ।नेपालको सिँचाइ र कृषिको क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग बढाउन तयार रहेको मन्त्री ताकु इतोले बताएका छन् ।

तनहुँ हाइड्रोपावरमा लगानी गरिरहेको जापानले ऊर्जाको प्रसरण लाइन तथा वितरणलगायतका क्षेत्रमा लगानी विस्तार गर्ने तथा निजी लगानीकर्तालाई पनि नेपालमा लगानीको वातावरण राम्रो छ भन्ने सन्देश  दिने न्त्री ताकु इतोले मन्त्री पुनलाई बताएका छन् । 

भेटमा मन्त्री पुनले तीन वटै टोलीसँग  सन् २०२० मा भ्रमण वर्ष मनाउन लागेको र त्यसका लागि नेपाल ओशाका सीधा हवाई उडानले सहयोग गरेको चर्चा समेत गरेका छन् । जापानी उच्च अधिकारीहरूसँगको भेटमा मन्त्री पुनसँग जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी थिए ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन धेरैभन्दा धेरै जापानी पर्यटकलाई भित्र्याउन पहल गरिदिन आग्रह गर्दै मन्त्री पुनले नेपाल–जापान संसदीय मैत्री समुहका नेपालतर्फका संयोजक सुरेन्द्र पाण्डेलाई आग्रह गरेका छन् ।

सो क्रममा जापानमा रहेर विभिन्न क्षेत्रमा काम गरिरहेका नेपालीहरुले सिकेको सिप नेपालमा आएर  लागू गर्न र जापानी लगानी नेपालमा गर्न प्रोत्साहन गर्नुपर्ने बताएका छन् । ६ असोजमा जापान गएको मन्त्री पुन नेतृत्वको टोली भ्रमणा सकेर  असोज १० मा नेपाल फर्कने छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर