को हुन रोजिना प्रधान राई ? जसले एनआरएनए यूकेको उपाध्यक्ष पदमा भारी मतले विजय हाँसिल गरिन् 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ८, बुधबार  
को हुन रोजिना  प्रधान राई ? जसले एनआरएनए यूकेको उपाध्यक्ष पदमा भारी मतले विजय हाँसिल गरिन् 

काठमाडौँ । गैर आवासिय नेपाली संघ एनआरएनए यूकेको उपाध्यक्ष पदमा रोजिना प्रधान राईले  भारी मत ल्याएर विजयी हाँसिल गरेकी छन् ।

बेलायतमा रहेर महिला सशक्तिकरण नेपाली महिलाले भोगेका हिंसात्मक आवाजलाई बुलन्द पार्ने र उनीहरुको हक हितको लागि सदैव लागि पर्ने दृढताको साथ निर्वाचनमा उम्मेदवारी दिएकी रोजिनाले ४ हजार ४ सय ४४ मत ल्याएर निर्वाचित भएकी हुन् ।

उच्च शिक्षा हाँसिल गर्न बेलायतलाई पुगेकी उनलाई एक बौद्धिक महिलाको रुपमा चिनिएको छ । एङलिया रस्किन युनिभर्सिटीबाट बिजनेशमा मास्टर्स गरेकी रोजिनाले समाजसेवाको अलवा व्यवसायलाई पनि निरन्तरता दिइरहेकी छन् ।रोजिहिरा लिमिटेड कम्पनीकी प्रवन्ध निर्देशक  समेत रहेकी उनी महिला हक हितको लागि विभिन्न संघ संस्थामा आबद्ध रहेकी छन् ।

उनले रोजिहिरा फाउण्डेशन यूके अध्यक्ष, ब्लाइन्ड रक्स यूके उपाध्यक्ष, नेपलिज वुमन एसोसिएसन यूकेको आजीवन सदस्य, हयुमन राइट्स यूकेको सदस्य, किरात राई यायोख्या बेलायत अन्तर्गत महिला विभागको महासचिव, एसियन महिला एसोसिएसन यूके (आमा) को निवर्तमान प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएकी छन् । डेढ दशकदेखि बेलायत बस्दै आएकी रोजिना एक छोरा र श्रीमानसँग बस्छिन् । 

एनआरएनए (यूके) को उपाध्यक्ष पदमा विजयी भएकी रोजिनाले आफुलाई मत दिएर  विश्वास गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आफुले धेरै ठूलो जिम्मेवारी पाएको बताएकी छन् । नेतृत्वदायी भूमिका सफलतापूर्वक निर्वाह गर्न सबैको साथ, सहयोग र मार्गदर्शन अपरिहार्य रहेको बताउँदै दुई वर्षे कार्यकाल प्रभावकारी, रचनात्मक र उद्देश्यमुलक रहने विश्वास दिलाएकी छन् । 

सबैको विश्वास जितेर एनआरएनए (यूके) को उपाध्यक्ष पदमा निर्वाचित भएकी रोजिना  प्रधान राईलाई हार्दिक बधाई, साथै  कार्य सफलताको शुभकामना । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर